सवा पाँच महिनामा सरकारले पायो २ खर्ब २ अर्ब ४० करोड वैदेशिक सहायता

नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो हप्तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्त प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा प्राप्त प्रतिबद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । प्रवक्ता भट्टराई अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता २८०.६ प्रतिशतले बढेको छ ।
त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०।३ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार यस अवधिमा वैदेशिक अनुदान ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ समेत जम्मा ४४ अर्ब ८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका कार्यमा प्रयोग भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी
-
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
-
नेपाल क्यान मुभ विरूद्धको राजस्व चुहावट मुद्दामा तीन जनालाई १ करोड धरौटीमा छाड्न आदेश
-
नेपालको लगातार दोश्रो जित
-
आर्थिक पत्रकारका तीन वटा संस्थालाई एक/एक करोड बजेट
-
जीवन ‘सजिलो’ होइन ‘सार्थक’ बनाउने होड