प्रहरीका भान्से रुम्बाको हत्यामा सानो हतियार प्रयोग, अनुसन्धान विभागका इन्स्पेक्टरसँग सोधपुछ
वीरगन्ज । बारामा शनिबार बिहान मृत भेटिएका प्रहरी भान्से राजकुमार रुम्बाको हत्यामा सानो हतियार प्रयोग भएको खुलेको छ । नेपाल प्रहरीको कार्यालय सहयोगी (भान्से) मा कार्यरत रुम्बाको मृत्यु गोली प्रहारबाट भएको पुष्टि भएको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले जानकारी दिए ।
शव परीक्षणमा गोली प्रहारबाट मृत्यु भएको खुलेको खड्काको भनाइ छ । हत्या कसले र किन गरेको हो भन्नेबारे प्रहरीले अनुसन्धानका लागि छुट्टै टोली परिचालन गरेको उनले बताए ।
रुम्बाको हत्याबारे अनुसन्धानका क्रममा प्रहरीले राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसंग सोधपुछ गरेको छ । रुम्बाले तिवारीकै गाडी प्रयोग गरेको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी प्रमुख खड्काले भने, ‘इन्स्पेक्टर साहेबले रुम्बालाई आफ्नो गाडी चलाउन दिनु भएको रहेछ । यी दुवै जनाबिच कस्तो सम्बन्ध थियो भन्नेबारे अनुसन्धान थालिएको छ ।’
मृतक रुम्बाको इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी थियो । तर उनी पछिल्लो समय सिमरा विमानस्थलको सुरक्षागार्डमा कार्यरत थिए ।
सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डमा शनिबार बिहान उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो । घटनाको अनुसन्धानमा सहभागी एक अधिकारीका अनुसार राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर तिवारीको गाडी लिएर रुम्बा शुक्रबार राति साढे ९ बजे कलैयातर्फ निस्केका थिए ।
तर उनको शव शनिबार बिहान सिमरा उपमहानगरपालिकामा फेला परेको थियो । रुम्बाले आफ्नो गाडी लिएर गएकोबारे अनुसन्धान विभागका इन्स्पेक्टर तिवारीले प्रहरीलाई जानकारी नदिएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।
मृतक रुम्बाको टाउको पछाडि गोली प्रहार गरी हत्या गरिएको प्रहरी स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
-
एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण