कारखानामा विस्फोट हुँदा टर्कीमा कम्तीमा १२ जनाको मृत्यु
मङ्गलबार, ०९ पुस २०८१, १४ : ३७
इस्तानबुल । टर्कीको एउटा कारखानामा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोट विस्फोटक पदार्थ बनाउने कारखानामा भएको हो ।
सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार टर्कीको बालिकेसिर प्रान्तको कारेसी क्षेत्रमा रहेको कारखानामा विस्फोट भएको थियो । यस क्रममा कम्तीमा १२ जनाको मृत्यु भएको र अरू तीन जना घाइते भएको प्रान्तका गभर्नरले बताएका छन् ।
विस्फोटका कारण एउटा भवन ढलेको थियो । आसपासको भवनमा पनि सामान्य क्षति पुगेको छ । अधिकारीहरूले यस घटनामाथि छानबिन सुरु गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण