कारखानामा विस्फोट हुँदा टर्कीमा कम्तीमा १२ जनाको मृत्यु
मङ्गलबार, ०९ पुस २०८१, १४ : ३७

इस्तानबुल । टर्कीको एउटा कारखानामा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोट विस्फोटक पदार्थ बनाउने कारखानामा भएको हो ।
सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार टर्कीको बालिकेसिर प्रान्तको कारेसी क्षेत्रमा रहेको कारखानामा विस्फोट भएको थियो । यस क्रममा कम्तीमा १२ जनाको मृत्यु भएको र अरू तीन जना घाइते भएको प्रान्तका गभर्नरले बताएका छन् ।
विस्फोटका कारण एउटा भवन ढलेको थियो । आसपासको भवनमा पनि सामान्य क्षति पुगेको छ । अधिकारीहरूले यस घटनामाथि छानबिन सुरु गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की