बालुवाको अवैध उत्खनन गर्ने २ ट्याक्टर, २ स्क्याभेटर र जेसिबीसहित ५ जना पक्राउ
तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं. ५ पाटन दबलुङ स्थित सेती नदिको निषेधित क्षेत्रमा बालुवा उत्खनन गर्दै गर्दा विहिबार दुइ ट्याक्टर पक्राउ परेका छन् ।
पक्राउ पर्ने ट्याक्टरहरुमा ग १ त ४४४६ र ग १ त २११४ नं. को ट्याक्टर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नदीबाट बालुवा उत्खन गरेर ट्याक्टरमा लोड गर्दै गरेको अबस्थामा फेला पारी दुबै ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मंगलबार नै आवश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गत मंगलबार पनि तनहुँको भिमाद नगरपालिका वडा नं. ५ अठ्ठाईसमा दुई जना लाइ प्रहरीले पक्राउ गरेको थियो । अनाधिकृत तबरबाट २ वटा स्क्याभेटर प्रयोग गरी गिटी बालुवाको उत्खनन गरी थुपार्दै गरेको अबस्थामा दुबै स्क्याभेटर सहित चालकहरु चितवन माडी नगरपालिका वडा नं. ८ बस्ने बर्ष २० को अमित रिमाल र बन्दिपुर गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २२ को बिष्णु थापालाई प्रहरीले नियन्त्रण लिएको थियो ।
यता, भानु नगरपालिका वडा नं. ३ खहरे स्थित मर्स्याङ्दी नदिमा गत आइतबार बा १ क ९७९६ नं. को जेसिबी प्रयोग गरी अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्दै गर्दा जेसिबी सहित ३ जना लाइ प्रहरीले पक्राउ गरेको थियो ।
बालुवा थुपार्दै गरेको अवस्थामा उक्त जेसिबी सहित चालक बाके कोहलपुर नगरपालिका वडा नं. ११ घर भएका बर्ष २७ को अर्जुन थापा लाइ पक्राउ गरिएको हो । अबैध रुपमा जेसिबी प्रयोग गरी बालुवा चोरी निकाशीको काम लगाउने बन्दीपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २८ को सुजन गुरुङ र बन्दीपुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २७ को आकाश गुरुङलाई सोही स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
-
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
-
दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
-
आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
-
रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण