सवारीको कर र जरिवानामा १००% छुट
बिहीबार, ११ पुस २०८१, ०० : ३१
सिरहा । सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने भएको छ । मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ गत मङ्सिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे ।
ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै, यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि आज यससम्बन्धी सूचना जारी गरेर जानकारी दिएको छ । कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
-
एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण