बागमती प्रदेश लिग : नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली भिड्दै
मकवानपुर । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार २ खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा समूह चरणको २ खेल हुने भएको हो ।
प्रतियोगिता अन्तर्गत हुने २ खेलमा नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा बट्टार युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्नेछ । मध्यान्न १२ः३० बजेबाट सुर हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।
यस्तै आजै दिउँसो ३ः०० बजेबाट सुरु हुने दोस्रो खेलमा समूह ए मा रहेका थिमी युथ क्लब भक्तपुर र ब्लु अल्पाइन सिन्धुलीबिच प्रतिस्पर्धा हुँदैछ । खेल हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।
यसअघि प्रतियोगिता अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्दै विजय सुरुवात गरेको थियो ।
प्रदेश लिगमा १३ जिल्लाका ११ टोलीको सहभागिता रहेको छ । २ जिल्ला रामेछाप र रसुवा भने प्रतियोगितामा सहभागी भएका छैनन् । एन्फामा दर्ता नभएका कारण सो जिल्ला लिगमा सहभागी नभएका हुन् । प्रतियोगितामा जिल्ला फुटबल संघको आयोजना भएको जिल्ला लिगको विजेता मात्र सहभागी हुने व्यवस्था रहेको छ ।
सोही अनुसार प्रदेश लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी छन् । प्रतियोगितामा विजेता तथा उपविजेताले क्रमशः नगद २ लाख र एक लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण