सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
काठमाडौँ । अर्थ समितिका सांसद ज्ञानबहादुर शाहीले सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारित भएकोप्रति विरोध जनाएका छन् । सांसद शाहीले उक्त विधेयकको सामान्य त्रुटि भन्ने शब्द हटाउन सांसदहरुले माग गर्दागर्दै समितिबाट हुबहु पारित भएको जनाएका छन् ।
‘सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पारित विधायन व्यवस्थापन समितिको प्रतिवेदन बुँदा नम्बर ३ लाई झिकी विधेयको दफा ६ ले मूल ऐनको दफा ८ को सट्टा दफा ८ को उपदफा १ मा रहेको सामान्य त्रुटी भएता पनि भन्ने शब्दहरुको सटटा धितो सम्बन्धी सम्झौतामा फरक नपार्ने सामान्य त्रुटी भएतापनि भन्ने शब्दहरु राख्ने विषयमा समितिको बैठकमा धेरै संख्यामा सांसदहरुले सामान्य त्रुटि भन्ने शब्द झिक्नुपर्ने माग गर्दागर्दै तथा भोटिङको माग गर्दागर्दै समितिका सभापतिले उपस्थित रहेका सांसदहरुलाई भोटिङ नगरी हुबहु पास गरेकाले यो प्रजातन्त्र विरुद्धको कदम हो साथै अलोकतान्त्रिक भएको ठहर्छ’ विज्ञप्तिमा भनिएको छ ।
यो सामान्य त्रुटि भन्ने शब्द विधेयकमा राख्दा सत्ता र शक्ति भएकाहरुलाई फाइदा हुने तर गरिब दुःखी जनतालाई अन्याय हुने उनको भनाइ छ । ‘साथै न्यायको भिख माग्दै जनता मर्नुपर्ने हुन्छ,’ विज्ञप्तिमा भनेका छन्, ‘यो सिर्फ अदालतमा ठग्ने, न्यायमा तजबिज गर्ने माफियाहरुलाई फाइदा पुग्दछ ।’ बिहीबार अर्थ समितिबाट उक्त विधेयक पारित भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण