युक्रेनमा बन्धक उत्तर कोरियाली सेनाको मृत्यु
शुक्रबार, १२ पुस २०८१, १५ : ४८
किभ । युक्रेनसँगको युद्धका क्रममा समातिएका एक उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ । योन्हाप न्यूज एजेन्सीले बताएअनुसार ती घाइते उत्तर कोरियाली सेना युक्रेनी सेनाको कब्जामा थिए ।
युक्रेनसँगको युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले आफ्नो सेना पठाएयता पक्राउ पर्ने ती सेना पहिलो उत्तर कोरियाली सेना भएको विश्वास गरिएको छ ।
सैनिक गम्भीर चोटका कारण मरेको सहयोगी गुप्तचर एजेन्सीमार्फत आफूले पुष्टि गरेको दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर एजेन्सीले भनेको योन्ह्यापले समाचारमा भनेको छ । रुसलाई सघाउन उत्तर कोरियाले आफ्ना १० हजार सेना पठाएको थियो । रुस र उत्तर कोरिया दुवैले यो खबरको पुष्टि भने गरेका छैनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण