इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्न आह्वान

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायल जान छनौट भएका कामदारहरूलाई स्वास्थ्य परीक्षण गराउन भनेको छ । इजरायल र नेपाल सरकारबिच भएको श्रम सम्झौता बमोजिम चिट्ठा प्रणालीबाट छनौट भएका सहायक कामदार (केयर गिभर) हरूलाई स्वास्थ्य परीक्षण गराउन भनेको हो ।
त्यसका लागि पुस १७ गतेदेखि २३ गतेसम्म विभागले तोकेका ५ वटा अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । त्यसका लागि नेपाल मेडिसिटी हस्पिटल, भैसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल, मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भु र क्रिस्टल डायग्नोस्टिक सिनामंगल तोकिएका छन् ।
इजरायले नेपालबाट दुई हजार केयरगिभर लैजान लागेको छ । पहिलो चरणमा एक हजार जना र त्यसपछि बाँकी वैकल्पिकमा रहेका एक हजार जनालाई लैजाने तयारी गरेको हो ।
इजरायलमा जारी युद्धका कारण कामदार पठाउन ढिलाइ भएको हो । यसअघि दसैँ तिहारअघि नै लैजाने प्रक्रिया अगाडि बढाउने भन्ने थियो । तर, इजरायलमा चर्किएको युद्धका कारण कामदार पठाउन रोकिएको थियो । अहिले युद्ध केही हदसम्म मत्थर भएसँगै कामदार लैजाने प्रक्रिया अघि बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित