इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्न आह्वान
काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायल जान छनौट भएका कामदारहरूलाई स्वास्थ्य परीक्षण गराउन भनेको छ । इजरायल र नेपाल सरकारबिच भएको श्रम सम्झौता बमोजिम चिट्ठा प्रणालीबाट छनौट भएका सहायक कामदार (केयर गिभर) हरूलाई स्वास्थ्य परीक्षण गराउन भनेको हो ।
त्यसका लागि पुस १७ गतेदेखि २३ गतेसम्म विभागले तोकेका ५ वटा अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । त्यसका लागि नेपाल मेडिसिटी हस्पिटल, भैसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल, मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भु र क्रिस्टल डायग्नोस्टिक सिनामंगल तोकिएका छन् ।
इजरायले नेपालबाट दुई हजार केयरगिभर लैजान लागेको छ । पहिलो चरणमा एक हजार जना र त्यसपछि बाँकी वैकल्पिकमा रहेका एक हजार जनालाई लैजाने तयारी गरेको हो ।
इजरायलमा जारी युद्धका कारण कामदार पठाउन ढिलाइ भएको हो । यसअघि दसैँ तिहारअघि नै लैजाने प्रक्रिया अगाडि बढाउने भन्ने थियो । तर, इजरायलमा चर्किएको युद्धका कारण कामदार पठाउन रोकिएको थियो । अहिले युद्ध केही हदसम्म मत्थर भएसँगै कामदार लैजाने प्रक्रिया अघि बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण