विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
हेटौंडा। नेपाल विद्युत् प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरको सामान हराएको पाइएको छ । हेटौंडाको जिन्सी व्यवस्थापन शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेख अनुसारको सामान नभेटिएको पाइएको हो ।
सामान हराएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले यसमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस समेत गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौंडामा रहेको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण हराएपछि प्राधिकरणले केन्द्रीयस्तरमा छानबिन समिति बनाएको थियो ।
समितिले सात करोड रुपैयाँ बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले बताए । छानविन समितिले तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीमाथि कारबाही प्रकृया अघि बढाएको महाशाखा प्रमुख झाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण