असदको अवशेषसमेत मेटाउन सिरियामा व्यापक सुरक्षा कारबाही
काठमाडौं । सिरियाली नयाँ प्रशासनले पूर्व राष्ट्रपति बसर अल असद शासनका अवशेष समेत बाँकी नराख्ने भन्दै सुरक्षा कारबाही सुरु गरेको छ । प्रशासनले मुलुकका थुप्रै ठाउँमा कारबाही चलाएको सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ ।
उत्तर पश्चिमी तटको लताकिया शहरमा शनिबार मात्रै ठूलो संख्यामा सफाई अभियान चलेको बताइन्छ । अल असदलाई समर्थन रहेको अलावाइट समुदायमा समेत यो अभियान पुगेको छ । असदको मिलिसियासँग जोडिएको उपस्थितिबारे बाहिर आएको रिपोर्टको जवाफमा कारबाही गरिएको सिरियाली अधिकारीहरुले बताएका छन् ।
नयाँ प्रशासनले असदको झल्को आएको भन्दै अलावाइट समुदायलाई निशाना बनाएको समाचार सर्बत्र आएका छन् । असदका भाई माहेर अल असद समेत एक शक्तिशाली पूर्व सन्य कमाण्डर रहेका कारण पनि नयाँ प्रशासन शसंकित रहेको बताइएको छ । सिरियाली नयाँ प्रशासनले हतियार सुम्पिन समेत अल्टिमेटम जारी गरेको र अपरशेन होम्स, अलेप्पो र दमास्कशको बाहिरी क्षेत्रसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण