अपराध
काठमाडौँको मुलपानीमा दम्पतीमाथि गोली प्रहार, एक जना पक्राउ
आइतबार, १४ पुस २०८१, १७ : ०४
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा दम्पत्तिमाथि गोली प्रहार भएको छ । गए राति साढे १० बजे अर्जुन श्रेष्ठ र शान्ति देवी श्रेष्ठमाथि गोली प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
गोली प्रहारमा संलग्न खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय साहिर शंकरलाई प्रहरीले पक्राउ गरेको छ । शंकरको साथबाट १ थान अटोमेटिक पेस्तोल र ९ राउन्ड गोली बरामद गरिएको छ ।
रिद्धिसिद्धि बसपार्क नजिकै श्रेष्ठ दम्पतीको घरमा प्रवेश गरेर आरोपीले गोली प्रहार गरेका हुन् । प्रतिकारको क्रममा शंकर पनि घाइते भएका छन् । तिनै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पारिवारिक रिसिइबिका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण