पूर्वाधारहरूलाई पर्यटनमैत्री बनाइ आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्छ : मन्त्री दाहाल
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधारहरूलाई पर्यटनमैत्री बनाएर आर्थिक समृद्धिको आधारका रूपमा विकास गरिनुपर्ने बताएका छन् ।
बुधबार तनहुँको बन्दीपुरमा बन्दिपुर भ्रमण वर्षको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पूर्वाधारहरूको बहुउपयोगीतालाई ध्यान दिनुपर्ने समेत बताए । ग्रामीण तथा आन्तरिक पर्यटनका गन्तव्यहरूमा पूर्वाधारहरूको विकास गरी बाह्य पर्यटकहरूलाई समेत आकर्षित गराउन सकिने उनले बताए ।
पर्यटकीय स्थलहरूसम्म पुग्ने सडक तथा संरचनाहरूको निर्माण, मर्मत तथा पुनर्निर्माण मन्त्रालयले प्राथमिकता दिने भन्दै उनले नेपाली पर्यटनको विश्वव्यापी प्रचार र प्रवर्द्धनमा जुट्नु पर्ने समेत बताए ।
पर्यटन मार्फत हस्तकला, परम्परागत सिप, संस्कृति, संगीत, खाद्यपरिकार, पहिरन, लगायतको समेत व्यवसायीकरण गराउन सकिने भन्दै मन्त्री दाहालले पर्यटन प्रवर्द्धन मार्फत स्वरोजगारी सिर्जना गर्न सकिने तर्फ पनि ध्यान दिइनुपर्ने उनको भनाइ थियो ।
‘पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको समेत उत्साहजनक सहभागिता र लगानी भइरहेको छ,’ मन्त्री दाहालले भने, ‘नेपालमा अवसर छैन भन्दै विदेशीने युवाहरूलाई स्वदेशमानै सम्भावनाको खोजी गर्नुपर्छ ।’
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले बन्दीपुर नेपालको मौलिक र ग्रामीण पर्यटनको आकर्षक गन्तव्य रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण