प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
आइतबार, २१ पुस २०८१, ०२ : ३३
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का लागेको छ । शनिबार राती भएको खेलमा दोस्रो स्थानमा रहेको आर्सनल र चौथो स्थानमा रहेको चेल्सीलाई धक्का लागेको हो ।
आर्सनललाई ब्राइटनले १-१ को बराबरीमा रोक्दा चेल्सीलाई क्रिष्टल प्यालेसले समान नतिजामा रोक्यो । यो बराबरीले एक–एक अंक थपिनुबाहेक दुबैलाई खासै उपब्धि भएन ।
न्यूक्यासल युनाइटेड भने २-१ ले विजयी भयो । टोटनह्यामलाई हराउँदै उसले आफुलाई म्यान्चेस्टर सिटी भन्दा माथि राख्यो । एस्टन भिल्लाले लेस्टर सिटीलाई समान २-१ के नतिजाले हराउँदा बर्नमथले एभर्टनलाई १-० ले हरायो ।
यस्तै, शनिबार राति सबैभन्दा फराकिलो अन्तरको नतिजा भने ब्रेन्टफोर्डले निकाल्यो र उसले रेलिगेशन जोनमा रहेको साउथ ह्याम्पटनविरुद्ध ५-० को फराकिलो जित निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण