गार्डियन लाइफको आईपीओमा एकैदिन साढे ४ लाखको आवेदन

काठमाडौँ । आइतबारदेखि खुलेको गार्डियन लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा एकैदिन साढे ४ लाख जनाको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन ४ लाख ४८ हजार ५६९ जना आवेदकहरूले ६३ करोड ३० लाख ८० हजार कित्ताका लागि आवेदन दिएका हुन् ।
इन्स्योरेन्सले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
७५ करोड रुपैयाँ पुँजी भएको गार्डियनले उक्त पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र म्युचुअल फण्डका लागि १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जलाकी’मा भित्रिइन् शिल्पा
-
माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्बिरहरू)
-
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी
-
१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
-
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागू
-
सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक