म्यान्चेस्टर युनाइटेडले लिभरपुलसँग खोस्यो अंक
सोमबार, २२ पुस २०८१, ०२ : ५८
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई धक्का लागेको छ । आइतबार राती म्यान्चेस्टर युनाइटेडले बराबरीमा रोकेसँगै घरेलु मैदानमा स्पष्ट जित हासिल गर्ने लिभरपुलको योजनामा धक्का पुगेको हो ।
म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई २-२ को बराबरीमा रोकेर अंक खोस्यो । उसका लागि मार्टिनेज र दियालोले एक–एक गोल गरे । लिभरपुलका लागि गाकपो र सालाहले गोल गरे ।
यो बराबरीले म्यान्चेस्टर युनाइटेडलाई सामान्य राहत भएको छ भने लिभरपुलको जम्मा एक अंक थप भएको छ । शीर्ष स्थानको लिभरपुलको ४६ अंक छ । आइतबार राती भएको अर्को खेल पनि २-२ को बराबरीमा टुंगिएको छ । फुलहम र इप्सविच टाउनले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण