जालसाजीको मुद्दामा अभिनेत्री श्वेता तिवारीलाई राहत
नयाँ दिल्ली । भारतीय अभिनेत्री श्वेता तिवारीले जालसाजीको मुद्दामा राहत पाएकी छिन् ।
उनीविरुद्ध पूर्व पति अभिनव कोहलीले सन् २०२१ मा जालसाजी मुद्दा दायर गरेका थिए । प्रमाणको अभावमा उक्त मुद्दा खारेज भएको मुम्बई पुलिसले हालै मुम्बई उच्च अदालतलाई जानकारी गराएको छ ।
फ्री प्रेस जर्नलमा छापिएको खबरका अनुसार मुम्बई पुलिसले गएको डिसेम्बर १७ मा मुम्बई उच्च अदालतमा ‘ए’ सारांश प्रतिवेदन बुझाएको थियो । यसमा अभिनेत्री विरुद्धको मुद्दालाई समर्थन गर्ने कुनै ठोस प्रमाण नभएको बताइएको छ । मुद्दा वैध भएपनि प्रमाणको अभावका कारण यसलाई प्रमाणित गर्न नसकेपछि यो प्रतिवेदन बुझाइन्छ ।
के थियो आरोप ?
अभिनेत्रीका पूर्व पति अभिनव कोहलीले सन् २०२१ मा श्वेता तिवारीमाथि जालसाजी गरेको आरोप लगाएका थिए । छोरा रेयांशका लागि बेलायतको भिसा लिन अभिनेत्रीले नक्कली एनओसीमा हस्ताक्षर गरेको आरोप अभिनेत्री माथि थियो । आफूले बेलायती दूतावासलाई सम्पर्क गरेर भिसा रद्द गराएको दाबी पनि अभिनवले गरेका थिए । श्वेताले यो मुद्दामा राहत पाएकी छिन् ।
श्वेताले सन् २०१३ मा अभिनव कोहलीसँग विवाह गरेकी थिइन् । तर, सन् २०१९ मा उनीहरूबिच सम्बन्धविच्छेद भयो । त्यसयता अभिनेत्रीले आफ्ना दुई सन्तानलाई एक्लै हुर्काइरहेकी छिन् । श्वेताले ‘कसौटी जीवन की’ शोबाट लोकप्रियता कमाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण