बेनेलीद्वारा २X अफर सार्वजनिक
सोमबार, २२ पुस २०८१, १९ : ३७
काठमाडौँ । बेनेलीले नयाँ वर्ष २०२५ लाई लक्षित गरेर ‘२X डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले बाइक खरिद गर्दा डबल फाइदा पाउने कम्पनीले जनाएको छ ।
यस अफरमा प्रत्येक बाइकमा २०२५ अफर अनुसार रु. ५०,००० सम्मको छूट, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण इन्सुरेन्स नि:शुल्क प्रदान गरिनेछ। साथै, पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप रु. ३०,००० को मूल्याङ्कन गरिनेछ।
यसबाहेक, ग्राहकहरूले नेपाली कुनै पनि गन्तव्यमा यात्रा गर्न मिल्ने यति एयरलाइन्सको दुईतर्फी टिकट पनि प्राप्त गर्नेछन्। यो अफर सीमित समयका लागि मात्रै भएको कम्पनीको भनाई छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण