पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति साबिक पार्टीमा फर्किएर क्रियाशील हुनु उहाँहरूको मात्र सरोकारको विषय होइन : बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति आ–आफ्नै पूर्वपार्टीमा फर्केर क्रियाशील हुने कुरा सम्बन्धित व्यक्ति र पार्टीको मात्र सरोकारको विषय नभएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार सामाजिक सञ्जाल एक्समार्फत भट्टराईले यस विषयमा गम्भीर ध्यान दिन उनले सम्बन्धित पार्टीको ध्यानाकर्षण गराएका छन् । एमाले पृष्ठभूमिकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी पृष्ठभूमिका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ फेरि सक्रिय राजनीतिमा आउन लागेको चर्चाबिच भट्टराईले यस्तो बताएका हुन् ।
‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति आ–आफ्नै पूर्वपार्टीमा फर्केर क्रियाशील हुने कुरा उहाँहरू र उहाहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन। यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तर्वस्तुको रक्षा र विकासको विषय हो’, उनले लेखेका छन्, ‘साथै उहाँहरू दुवै ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनु भएकाले उहाँहरू र उहाँहरूका पूर्वपार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अङ्गीकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्त्वपूर्ण कसौटी पनि हो। त्यसैले यसबारे सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस्।’
पूर्वराष्ट्रपति भण्डारी एमालेले गरेको सार्वजनिक कार्यक्रम सहभागी भएपनि पार्टीको आन्तरिक बैठकमा सहभागी भएकी छैनन् । पूर्वउपराष्ट्रपति पासाङ केही महिनादेखि पार्टीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका छन् । आइतबारदेखि धुम्बाराहीमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पनि पासाङ सहभागी भइरहेका छन् ।
पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन। यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो।
— Baburam Bhattarai (@brb1954) January 7, 2025
साथै वहाँहरू दुवै… pic.twitter.com/VkAUlVNEM1
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण