माओवादीद्वारा उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन
मङ्गलबार, २३ पुस २०८१, १७ : २७
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न 'उच्चस्तरीय पार्टी एकता संवाद समिति' गठन गरेको छ ।
मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठक समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले चाँडै एकता वार्ताको पहल गर्ने बताए ।
समितिमार्फत विप्लव नेतृत्वको नेकपा, नेसपाको एक समूहसहित सबै विचार मिल्ने पार्टी तथा समूहसँग वार्ता गरेर एकतामा ल्याउन पहल गर्ने बताइएको छ ।
बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको एक नेताले बताए। सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण