ऋषिकेश पत्नी अञ्जला कोइराला अदालत उपस्थित
विराटनगर । मोरङको धनपालथान ४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्न भनिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला जिल्ला अदालत मोरङमा उपस्थित भएकी छिन् ।
मोरङ जिल्ला अदालत स्रोतका अनुसार आज अदालत खुल्ने बित्तिकै उनी हाजिर भएकी हुन् । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै बयान हुनेगरि पेशी तोकिएको छ । बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्। सोही प्रकरणमा नाम जोडिएकी कोइराला अदालत पुगेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
-
राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण