गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
बुधबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । अधिवक्ता यज्ञप्रसाद अधिकारीले उनीहरूविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।
२०८० पुस २ गते दर्ता भएको रिट निवेदनमा अहिलेसम्म सुनुवाइ भएको थिएन । गत भदौ ५ गते न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भएको थियो ।
पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका बारेमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य रमेश लेखकसहित सांसदहरू श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेशकुमार बर्तौलाले संसदमा दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हावाहुरीले अलपत्र परेकाहरूको उद्धार
-
धरौटी बदरको मागसहित दायर रविको निवेदनमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश
-
तीनकुने प्रकरणमा संलग्न आरोपमा थप एक जना पक्राउ
-
एयर होस्टेसलाई बदनियतपूर्वक छुने यात्री विमानस्थलबाटै पक्राउ
-
आईसीसीको वार्षिक वरीयतामा अस्ट्रेलिया र भारतको दबदबा
-
आरआर क्याम्पसमा नेविसंघले गर्यो तोडफोड