‘होस्टेल ३’ को पोस्टरमा देखिए सिम्रन, हेना र समा
बुधबार, २४ पुस २०८१, २१ : २७
काठमाडौँ । हिट फिल्म ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गते रिलिज हुने फिल्मको पोष्टरमा पराजुलीलगायतका कलाकार देखिएका छन् ।
यसअघिको पोष्टरमा आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङ लगायत अटाएका थिए । ‘होस्टेल ३’ ले क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा भन्छ ।
फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन् । सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी फिल्मका निर्माता हुन् । शङ्कर कोइराला कार्यकारी निर्माता रहेको फिल्ममा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतको अभिनय छ । फिल्मको वितरण आरआर फिल्म्स र काफिया फिल्मस्ले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण