असममा छापा मार्न हिँडेको प्रहरी टोलीलाई गुगल म्यापले पुर्यायो नागाल्याण्ड
नयाँ दिल्ली । ‘गुगल म्याप’को भर पर्दा असममा छापा मार्न हिँडेको भारतीय प्रहरीको एउटा टोली नागाल्याण्ड पुगेको छ । असममा छापा मार्न हिँडेको प्रहरी टोलीले गुगल म्यापमा देखाइए अनुसारकै बाटो हिँड्दा नागाल्याण्ड पुगेको हो ।
असम प्रहरीको १६ सदस्यीय टिम एउटा कुख्यात अपराधी लुकेको सूचनापछि छापा मार्नका लागि हिँडेको थियो । गुगल म्यापमा देखाइएको बाटो ‘फलो’ गर्दै हिँड्दा मंगलबार राति नागाल्याण्डको मोकोकचुङ्ग जिल्लामा प्रहरी टोली पुगेको हो ।
टोलीमा रहेका अधिकांश प्रहरी सामान्य पोसाकमा थिए । उनीहरूसँग अत्याधुनिक हतियारसमेत थियो । मोकोकचुङ्गमा पुगेपछि स्थानीयले सम्भावित खतरालाई मध्यनजर गर्दै प्रहरीको टोलीलाई नियन्त्रणमा लिएर बन्धक बनाएको बताइएको छ ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार १६ जनाको टोलीमा तीन प्रहरीमात्र बर्दीमा थिए । बाँकीले सामान्य पोसाक लगाएका थिए । स्थानीयवासीले हतियारधारी समूह आएको भन्दै सो टोलीमाथि आक्रमण गरी नियन्त्रणमा लिएको उनको भनाइ छ ।
नागाल्याण्डमा स्थानीयवासीले प्रहरीको टोलीलाई बन्धक बनाएको सूचना पाएपछि असमको जोरहाट प्रहरीले तत्काल मोकोकचुङ्ग प्रहरीका अधिकारीसँग सम्पर्क गरी घटनाबारे जानकारी गराएका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयवासीको कब्जामा रहेका प्रहरीलाई उद्धार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण