गोलबजार नगरपालिकाको १२ औँ हिउँदे नगर अधिवेशन सम्पन्न
सिराहा । सिराहाको गोलबजार नगरपालिकाले १२ औँ हिउँदे नगर अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१–८२ का लागि संशोधनसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी विकासका योजना सार्वजनिक गरेको हो ।
नगरसभामा नगर प्रमुख श्याम कुमार श्रेष्ठ, उपप्रमुख मान्ती देवी साह, वडाध्यक्षहरू कार्यपालिका सदस्य, र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। सभामा शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी र युवा स्वरोजगारलाई प्राथमिकता दिइएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनले गोलबजारलाई समृद्ध नगरका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्धता अनुरूप योजनाहरू तर्जुमा गरिएको बताए । प्रमुख श्रेष्ठले नगरवासीसँगको सहकार्य र सहभागिताको माध्यमबाट विकासका कार्यलाई तीव्रता दिने बताएका छन्। सभाले जलवायु परिवर्तन र वातावरण संरक्षणलाई ध्यानमा राखी हरियाली प्रवर्द्धनका कार्यक्रमहरू लागू गर्ने निर्णय गरेको छ ।
नगरसभामा विगतका योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्दै कार्यान्वयनमा भएका चुनौतीहरूको समाधान गर्न नयाँ रणनीतिहरू अघि सारिएको बताउँदै पालिकाले आगामी वर्षमा विकास र सेवामा अझ प्रभावकारी हुने योजना तयार पारिएको जनाए ।
सभाले गोलबजारका प्रमुख समस्याहरू समाधान गर्न ठोस योजना लागू गर्न निर्णय गर्दै नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरूमा गोलबजार नगरपालिकाले प्राथमिकता दिने हिउँदे नगर अधिवेशनमा पारित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण