सिरहामा चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु
बिहीबार, २५ पुस २०८१, १३ : ०२
सिरहा । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर गोलबजार नगरपालिका-८ बस्ने ३५ वर्षीय मोहमद अक्तर अलिको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको हो ।
मधुमेह रोगबाट ग्रसित अक्तरको न्यानो कपडा र राम्रो वासस्थान नहुँदा जाडो खप्न नसकेर मृत्यु भएको उनका छोरा सलमानले बताए । उनले भने, ‘गरिबीका कारण न्यानो कपडा र राम्रो बस्ने घरसमेत छैन ।’
यता अत्यधिक चिसो बढेपछि सिरहाका विभिन्न पालिकाहरूले एक सातासम्मका लागि विद्यालय बन्द गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण