योगलाई विद्यार्थीको जीवनसँग जोड्न आवश्यक छ: शिक्षामन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबिचको तादात्म्ययताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छिन् ।
राष्ट्रिय योग दिवसको अवसरमा काठमडाैँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र योगसँग नजोडीकन समाजलाई समृद्ध बनाउन नसकिने बताइन्। उनले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिकसत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिबद्धता जनाइन् ।
शिक्षा र स्वास्थ्य आजको महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय भएको उनले बताइन् । मन्त्री भट्टराईले भनिन्, ‘योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी छ । अब हामी सङ्कल्प गरौँ । योगलाई विद्यार्थीको जीवनसँग जोडौँ । हरेक विद्यालयको अभ्याससँग जोडौँ । हाम्रा विद्यार्थीका क्रियाकलापसँग जोडौँ । जसले गर्दा हामीले संस्थागत विद्यालय अर्थात समृद्ध भएका विद्यालय मात्र होइन, सार्वजनिक विद्यालयमा पढ्ने विपन्न विद्यार्थी, जसको मनोविज्ञान र मनोबललाई बढाउन पनि योग र ध्यानले प्रश्रय गरोस् ।’
मन्त्री भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढ्न सके मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने उल्लेख गरिन् । शिक्षाको माध्यमबाट नै विगतमा समाजलाई जागरूक गरेको भएपनि अब आम नागरिकमा जागरुकता ल्याउन योग र ध्यानको आवश्यक रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण