अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
सारांश
- नेपाल मेडिकल काउन्सिलले 'डाक्टर' उपाधिको अनधिकृत प्रयोग गर्ने तथा भ्रामक विज्ञापन गर्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
- गैर-चिकित्सकले 'डा.' उपाधि प्रयोग गरी चिकित्सकीय अभ्यास, औषधी सिफारिस र परामर्श दिने गतिविधि बढेपछि काउन्सिलले विशेष निगरानी सुरु गरेको छ ।
- काउन्सिलले अनधिकृत प्रयोग गर्नेलाई नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार कारबाही गर्ने र आवश्यक परे सीआईबीमा मुद्दा दर्ता गर्ने जनाएको छ ।
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक (डाक्टर) उपाधिको अनधिकृत प्रयोग गर्ने तथा भ्रामक स्वास्थ्यसम्बन्धी विज्ञापन गर्ने व्यक्तिविरुद्ध उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
काउन्सिलले शुक्रबार जारी गरेको सूचनाअनुसार गैर–चिकित्सक स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरूले आफ्नो नाम अगाडि ‘डा.’ उपाधि प्रयोग गर्ने, चिकित्सकीय अभ्यास गर्ने, औषधिको सिफारिस गर्ने तथा बिरामीलाई परामर्श दिने जस्ता गतिविधि बढिरहेको पाइएको जनाएको छ । यस्ता गतिविधिले जनस्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भएकाले काउन्सिलले विशेष निगरानी सुरु गरेको छ ।
यसअघि नेपाल मेडिकल काउन्सिलले यस्ता गतिविधि रोक्न १५ दिनको समयसीमा दिएको थियो। तर तोकिएको अवधिमा पर्याप्त सुधार नदेखिएपछि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार अनधिकृत रूपमा चिकित्सक उपाधि प्रयोग गरेको वा उक्त उपाधिको आडमा बिरामी जाँच्ने, उपचार गर्ने तथा स्वास्थ्य परामर्श दिने कार्य गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को सम्बन्धित दफाअनुसार कानुनी कारबाही गरिनेछ। आवश्यक परे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा समेत मुद्दा दर्ता गरिने उल्लेख गरिएको छ ।
काउन्सिलले यस्ता गतिविधिबारे जानकारी भएमा नागरिक, बिरामी, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई प्रमाणसहित उजुरी दिन अनुरोध गरेको छ। उजुरी गर्दा सम्बन्धित व्यक्तिको नाम, ठेगाना, कार्यस्थल, सामाजिक सञ्जालको विवरण, तस्बिर, भिडियो वा अन्य उपलब्ध प्रमाण समावेश गर्न भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण