आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो
काठमाडौं । आर्सनल इंग्लिश प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा टोटनह्याम हट्स्परलाई २-१ गोल अन्तरले हराउँदै आर्सनल फेरि अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
२५ औं मिनेटमा सुरुवाती अग्रता लिएको टोटनह्यामका डोमिनिक सोलंकेले ४० औं मिनेमा आत्मघाती गोल उपहार दिएपछि आर्सनलको खाता खुल्यो । ४४औं मिनेटमा लिएन्ड्रो ट्रोस्सार्डले गोल गरेपछि आर्सनल त्यसैको बलमा विजयी भयो । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन ।
जितसँगै आर्सनल ४३ अंक बटुलेर दोस्रो स्थानमा उक्लिएको छ भने यसअघि जम्मा १ अंक अन्तरले केही घण्टा दोस्रो स्थानमा उक्लिएको नटिङघम तेस्रो स्थानमा झरेको छ । चौथो स्थानमा भने न्युक्यासल युनाइटेड आइपुगेको छ । उसले ३७ अंंकको चेल्सीलाई पछि पारेको हो । शीर्ष स्थानको लिभरपुलको भने ४७ अंक छ ।
प्रिमियर लिग अन्तर्गत भएका अन्य खेलमा एस्टन भिल्लाले एभर्टनलाई १-० ले हराउँदा क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई २-० ले हरायो । यस्तै, न्यूक्यासल युनाइटेडले वुल्भ्सलाई ३-० ले पाखा लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण