आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो

काठमाडौं । आर्सनल इंग्लिश प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा टोटनह्याम हट्स्परलाई २-१ गोल अन्तरले हराउँदै आर्सनल फेरि अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
२५ औं मिनेटमा सुरुवाती अग्रता लिएको टोटनह्यामका डोमिनिक सोलंकेले ४० औं मिनेमा आत्मघाती गोल उपहार दिएपछि आर्सनलको खाता खुल्यो । ४४औं मिनेटमा लिएन्ड्रो ट्रोस्सार्डले गोल गरेपछि आर्सनल त्यसैको बलमा विजयी भयो । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन ।
जितसँगै आर्सनल ४३ अंक बटुलेर दोस्रो स्थानमा उक्लिएको छ भने यसअघि जम्मा १ अंक अन्तरले केही घण्टा दोस्रो स्थानमा उक्लिएको नटिङघम तेस्रो स्थानमा झरेको छ । चौथो स्थानमा भने न्युक्यासल युनाइटेड आइपुगेको छ । उसले ३७ अंंकको चेल्सीलाई पछि पारेको हो । शीर्ष स्थानको लिभरपुलको भने ४७ अंक छ ।
प्रिमियर लिग अन्तर्गत भएका अन्य खेलमा एस्टन भिल्लाले एभर्टनलाई १-० ले हराउँदा क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई २-० ले हरायो । यस्तै, न्यूक्यासल युनाइटेडले वुल्भ्सलाई ३-० ले पाखा लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का