विपन्न बालबालिकाको छात्रवृत्तिका लागि प्रवासी नेपाली मञ्च आयोवाको पाँच लाख सहयोग
काठमाडौँ । डा थोमस बास्तोलाको समन्वयमा प्रवासी नेपाली मञ्च (ओएनएफ) आयोवा राज्य कमिटी अमेरिकाले विपन्न बालबालिकाको छात्रवृत्तिका लागि पाँच लाख सहयोग गरेको छ ।
मञ्चका अध्यक्ष पुरुषोत्तम बराललगायतले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको पाँच लाख रुपैयाँ जाजरकोटका भूकम्प, प्राकृतिक प्रकोपबाट अभिभावक गुमाएका, विपन्न परिवारका बालबालिकाको छात्रवृत्तिका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कमिटी जाजरकोटको नाममा अक्षयकोष स्थापना गर्ने गरी उक्त रकम हस्तान्तरण गरिएको हो ।
अर्को वर्ष थप पाँच लाख रुपैयाँ थप जम्मा गर्ने गरी दश लाख रुपैयाँको कोष बनाउने डा बास्तोलाले घोषणा गरेका छन् । काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा एक समारोहका बिच नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष डा सुरेश कुमार आरसी र डा थोमस बास्तोलाबिच विद्यार्थी छात्रवृत्ति अक्षय कोष सम्बन्धी सहमति पत्रमा हस्ताक्षर आदानप्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण