ह्वाइट हाउसमाथि आक्रमणको दोषी ठहरिएका भारतीय मूलका युवकलाई आठ वर्षको जेल सजाय
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति निवास ह्वाइट हाउसमा आक्रमण गर्ने प्रयास गर्ने भारतीय मूलका एक युवालाई आठ वर्षको जेल सजाय सुनाइएको छ । अमेरिकी अदालतले आक्रमणको पछाडि साई वर्षित कन्डु नाम गरेका ती युवाको उद्देश्य अमेरिकी सरकारलाई उल्टाउनु र नाजी विचारधाराबाट प्रेरित तानाशाही स्थापना गर्नु रहेको बताएको छ । न्यायाधीश डब्नी एल। फ्रेडरिकले ती युवकलाई जेल सजाय सुनाउनुका साथै तीन वर्ष सुपरिवेक्षणमा रिहा गर्ने आदेश पनि दिएकी छिन् ।
अदालतका कागजातहरूका अनुसार दोषी ठहरिएका २० वर्षीय युवा कन्डुला मिसौरीको सेन्ट लुइस क्षेत्रका बासिन्दा हुन् । उनी २०२३ को मे २२ को दिउँसो सेन्ट लुइसबाट विमानमा वासिङ्टन डीसी आइपुगेका थिए । साँझ ५ः२० बजेतिर डलास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे अनि उनले साँझ ६ः३० बजेतिर एउटा ट्रक भाडामा लिए । ट्रक लिएर उनी ह्वाइट हाउसतिर लागे । बाटोमा उनी खाना र ग्यासको लागि रोकिए । राति करिब ९ः३० बजे कान्डुला वासिङ्टन डीसी पुगे र एच स्ट्रिट नर्थवेस्ट र १६ औं स्ट्रिट नर्थवेस्टको चौबाटोमा रहेको ह्वाइट हाउसको सुरक्षा गर्ने ब्यारिकेडमा ट्रक ठोक्काइदिए ।
यसपछि, कान्डुलामाथि ट्रकलाई फुटपाथमा चढाए । ट्रक देखेर फुटपाथमा हिडिरहेका मानिसहरू भागाभाग गर्न थाले । यसपछि, कान्डुलाले फेरि ट्रकलाई अर्को ब्यारिकेडमा ठोक्काए, जसका कारण बिग्रिएर ट्रक रोकियो । कान्डुला ट्रकबाट बाहिर निस्के अनि आफ्नो झोलाबाट एउटा ब्यानर निकाले । त्यो ब्यानर रातो र सेतो रंगको थियो । त्यसमा नाजी स्वस्तिक थियो । ह्वाइट हाउस प्रवेश गर्ने प्रयास गरिरहँदा अमेरिकी प्रहरीले कान्डुलालाई घटनास्थलबाटै समाते ।
यस घटनामा ४ हजार ३२२ डलर क्षति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण