लाओसमा गैरकानुनी काम गर्न बाध्य पारिएका नेपालीलाई स्वदेश फर्काइयो
शुक्रबार, ०४ माघ २०८१, १६ : १२
काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा लाओसको गोल्डन ट्रयाङ्गल लगी गैरकानुनी काम गर्न बाध्य भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ ।
उनी सो स्थानबाट भागी थाइल्यान्ड छिर्न सफल भएसँगै थाई सरकारी निकायको सहयोगमा उनलाई शुक्रबार नेपाल फर्काइएको हो ।
थाइल्याण्डस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आग्रह गरेको छ ।
कानुन विपरीत छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन दूतावासले सबैलाई अनुरोध गरेको छ ।
कम्बोडिया लाओस, म्यानमार र थाइल्याडलगायतका देशमा गैरकानुनी रुपमा पुगेका नेपालीहरू समस्यामा पर्दै आएको पटक पटक खबर सार्वजनिक हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण