पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ बस्ने वर्ष २६ को धनञ्जय कुमार झा पेस्तोल र गोलीसहित पक्राउ परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका हुन् ।
उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको एसपी हुमागाईँले बताएका छन्।
बरामद पेस्तोल गोली र आरोपीले प्रयोग गरेको मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आइतबार राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको एसपी विक्रम हुमागाईँले जानकारी दिएका छन्।
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको थियो।
पेस्तोल बोकेका धनञ्जय कुमार झा पक्राउ गरिएको तथा उनको साथबाट बीआर ०५ बी डी १२२४ नम्बरको अपाचे मोटरसाइकल १ थान र सामसङ कम्पनीको ए ३५ मोबाइल १ थान बरामद भएको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुमबासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण