अपराजित अमेरिका तालिकाको अग्रस्थानमा, आयरल्यान्डलाई सजिलै हरायो
काठमाडौँ । आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सोमबार सम्पन्न खेलमा अमेरिकाले आयरल्यान्डमाथि नौ विकेटको सजिलो जित हासिल गरेको छ । जारी प्रतियोगितामा दोस्रो खेल खेलेको अमेरिका हालसम्म अपराजित छ ।
यसअघि, अमेरिका र पाकिस्तानबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । अमेरिका तीन अंकसहित समूह ‘बी’ तालिकाको पहिलो स्थानमा आसिन छ । आयरल्यान्डको भने यो पहिलो हार हो । यसअघि आयरल्यान्ड र इङ्ल्यान्डबिचको खेल वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो ।
तालिकामा एक खेल खेलेको इङ्ल्यान्ड एक अंकसहित दोस्रो र समान खेल खेलेको पाकिस्तान एक अंकसहित तेस्रो स्थानमा आसिन छन् । दुई खेल खेलेको आयरल्यान्ड भने एक अंकसहित तालिकाको चौथो स्थानमा छ ।
मलेसियामा जारी विश्वकप अन्तर्गत सोमबार खेलिएको खेलमा आयरल्यान्डले टस जिती पहिले ब्याटिङ गर्दै १७।४ ओभरमा अलआउट हुनुअघि ७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले ९।४ ओभरमै केवल एक विकेट गुमाएर ७९ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
अमेरिकाको जितमा ओपनर दिशा धिङ्ग्राले ४६ रनको योगदान गरिन् । उनले ३३ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काइन् । अर्की ओपनर चेतना पागिदयालले पनि अविजित २३ रन बनाइन् । उनले २५ बलमा एक छक्का र दुई चौका प्रहार गरिन् ।
त्यसअघि, आयरल्यान्डका ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।
आयरल्यान्डका लागि ओपनर एलिस वाल्सले सर्वाधिक १६ रन बनाइन् । अमेरिकाका बलर इशानी वाघेलाले तीन तथा अदितिबा चुदसमा, रितु सिंह र चेतना प्रसादले दुई–दुई विकेट लिए । इशानी प्लेयर अफ दि म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण