स्कटल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
जारी विश्वकपमा नेपाल र स्कटल्यान्डले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा यी दुबै टोली पराजित भएका थिए । नेपाली टोली आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
स्कटल्यान्ड भने आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो । त्यसैले सोमबारको खेल नेपाल र स्कटल्यान्ड दुबैका लागि निकै महत्वपूर्ण छ । यो खेलमा जित हात पार्ने टोलीको ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।
समूह ‘डी’ तालिकामा दुई जितबाट चार अंक हात पारेको अस्ट्रेलिया पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको बंगलादेश दुई अंकसहित दोस्रो स्थानमा छ । एक खेल खेलेको नेपाल तेस्रो र समान खेल खेलेको स्कटल्यान्ड अंकविहीन रहँदै चौथो स्थानमा आसिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण