इङ्ल्यान्डको अपराजित यात्रा कायमै, पाकिस्तान ६ विकेटले पराजित
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार इङ्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । जारी विश्वकपमा इङ्ल्यान्ड हालसम्म अपराजित छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १८.५ ओभरमा अलआउट हुनुअघि ६६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले भने ९.२ ओभरमै चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । इङ्ल्यान्डको तिजमा केटी जोन्सले अविजित २० रनको योगदान गरिन् । कप्तान एबी नरग्रभले पनि अविजित १४ रन जोडिन् ।
पाकिस्तानकी बलर माहनुर जेबले दुई विकेट लिइन् । त्यसअघि, पाकिस्तानका ब्याटरहरुले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । पाकिस्तानका लागि जुफिसन अयाजले सर्वाधिक १५ रन बनाएकी थिइन् । इङ्ल्यान्डकी बलर अमु सुरेनकुमाले तीन विकेट लिइन् ।
समूह ‘बी’ मा चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । तीन अंकसहित अमेरिका पहिलो र समान अंक जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छन् । यसअघि इङ्ल्यान्ड र आयरल्यान्डबिचको खेल अनिर्णित रुपमा सकिएको थियो । पाकिस्तानको भने यो पहिलो पराजय हो ।
यसअघि पाकिस्तान र अमेरिकाबिचको खेल वर्षाका कारण रद्द भएको थियो । एक अंकसहित पाकिस्तान तेस्रो र समान अंक जोडेको आयरल्यान्ड चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण