इंग्ल्याण्डलाई हराउँदै महिला एसेज पुनः अस्ट्रेलियाको कब्जामा
सिड्नी । पहिलो टी–२० खेलमा इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले महिला एसेज शृङ्खला पुनः कब्जा गर्न सफल भएको छ । यसअघि एक दिवसीय शृङ्खला ह्वाइट वास गरेको अस्ट्रेलियाले यो जितसँगै कूल ८ अङ्क बटुलेको छ । अब ८ अङ्कका खेलहरू मात्र बाँकी रहेसँगै अस्ट्रेलियाले एसेज ट्रफी फेरि आफैसँग राख्ने भएको हो ।
सोमबार भएको खेलमा अस्ट्रेलियाको महिला टोली ५७ रनले विजयी बन्यो । जितका लागि १ सय ९९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको महिला टोली १६ ओभरमा सबै विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि सोफिया डंक्लीले अर्धशतकीय इनिङ्स खेले पनि जित भने दिलाउन सकिनन् । उनले ३० बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरिन् । त्यस्तै, नाट स्काइभर ब्रन्टले १२ बलमा २० रन तथा कप्तान हेदर नाइटले २० बलमा १८ रनको योगदान दिइन् ।
इंग्ल्याण्डलाई सस्तोमा समेट्न अस्ट्रेलियाकी जर्जिया वेरह्यामले ३ विकेट लिइन् । ३ ओभरमा उनले २५ रन खर्चिइन् । एलाना किंगले २ विकेट तथा मेगन स्कट, किम गार्थ, एनाबेल सदरल्याण्ड र ताहिला म्याकग्राथले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । टोलीका लागि ओपनर तथा विकेटकिपर बेथ मुनीले ५१ बलमा ७५ रनको योगदान दिइन् । उनले ११ चौका हिर्काइन् ।
यस्तै, कप्तान म्याकग्राथले ९ बलमा २६ रन तथा फोबी लिचफिल्डले २० बलमा २५ रन जोडिन् । जर्जिया भोलले ११ बलमा २१ रन बनाइन् ।
इंग्ल्याण्डका लागि सोफी एक्लेस्टोन र लरेन बेलले २–२ विकेट हात पारे । फ्रेया केम्प र चार्ली डिनले १–१ विकेट लिए । अब दोस्रो टी–२० खेल बिहीबार खेलिनेछ भने तेस्रो खेल शनिबार आयोजना हुनेछ । त्यसपछि दुई टोली एक्लो टेस्ट खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण