मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
जनकपुर । मधेस प्रदेशका स्वास्थ्य मन्त्री शत्रुघनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ । जनकपुरको रामानन्द चोकमा खानेपानी डिभिजन कार्यालयको गाडी र स्वास्थ्य मन्त्री सिंह सवार गाडी ठोक्किँदा दुर्घटना भएको हो ।
गाडीको ठक्करबाट स्वास्थ्य मन्त्री सिंहसहित तीन जना घाइते भएको जनकपुर प्रहरीले जनाएको छ । स्वास्थ्य मन्त्री सिंहको छाती र पिठ्युँमा चोट लागेको जनकपुर प्रहरी प्रवक्ता वरुण सिंहले जनाए । तर अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते मन्त्रीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशको ०२–००१ झ ०१६५ नम्बरको स्वास्थ्य मन्त्री सवार गाडीलाई मधेस प्रदेशकै ०३–००१ झ ००९६ नम्बरको खानेपानी डिभिजन कार्यालय पर्साको गाडीले ठक्कर दिएको हो ।
अन्य दुई जना घाइतेको पनि प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुमबासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
-
जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण