भरतमणिको ‘अब हाँस्छ अनि नाच्छ' शो क्यानडामा

काठमाडौँ । आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतिमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए । उनले भने, ‘हामीले विभिन्न कार्यक्रम पश्चात् यो शो भव्य रूपमा गर्न लागेका छौँ । यहाँका नेपालीले डिमान्ड गर्नुभएका कै कारण उहाँहरूलाई लिएर शो गर्न लागेका हौँ । यो शोमा हाँस्ने र नाच्ने हो ।’
नेपालीको चाँप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ । नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्दै विगतमा प्रकाश सपूत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभल लगायतका कार्यक्रम गरिसकेका भण्डारीले ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ मा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न पाउने बताएका छन् । उनका अनुसार क्यानडाको टोरोन्टो, लन्डन, ओटावा, क्यालगरी, भ्यानकुभर लगायतका सहरमा कार्यक्रम हुनेछ ।
क्यानडामा प्रस्तुति दिने खबरले कमेडियन सुमन कार्की उत्साहित छन् । उनले भने, ‘क्यानडामा पहिलोपटक प्रस्तुति दिँदै छौँ । त्यहाँका लागि हामीले फरक रूपमा आफ्नो तयारी गरिरहेका छौँ ।’
अमेरिका, युके र युरोपमा आफ्नो प्रस्तुति दिइसकेका कार्कीले यसपटकका लागि विशेष तयारी गरिरहेको कमेडियन जानकारी दिए ।
कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभास दिलाउने विश्वास लिएका छन् । आई र यु इन्टरटेनमेन्टमार्फत निश्चल पौडेल र आगन इभेन्ट्समार्फत जिआर भण्डारीले क्यानडामा नेपाली कला र संस्कृति झल्किने विभिन्न कार्यक्रम गर्दै आएका छन् । उनीहरूले ‘ऊनको स्वीटर’ नामक चलचित्र पनि क्यानडामा नेपालकै मितिमा प्रदर्शन गर्दै छन् ।
कार्यक्रममा भरतमणि पौडेल, कैलाश कार्की, सुमन कार्की, अलावा करिस्मा ढकालको पनि प्रस्तुति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्
-
पार्टी निर्माणकै चरणमा छौँ, देशभर विस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे
-
काभ्रेमा करेन्ट लागेर एक युवकको मृत्यु
-
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल
-
सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त
-
संखुवासभाको सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित