फागुनमा उपत्यकाव्यापी कराँते प्रतियोगिता हुने
काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय साथै पाँचौँ मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समूह नवौँ केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुशिन काइकान अलाइड फुलकन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी फागुन ९ र १० गते दक्षिणकाली नगरपालिका वडा नम्बर.१ चाल्नाखेलमा हुनेछ । प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष र महिला नेपाली तथा विदेशी गरी करिब तीन सय खेलाडी सहभागी हुने जानकारी आयोजक संघका अध्यक्ष विनोद गुरुङले दिए ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । वडा अध्यक्ष जय थापामगर, संरक्षक कृष्ण गुरुङलगायतले पनि प्रतियोगितालाई सफल पार्न आ–आफ्नो स्थानबाट सक्दो सहयोग पुर्याउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण