चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि चीनमा बनेका सामानमा १० प्रतिशतको अतिरिक्त महसुल लगाउने योजना बनाएका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । यो कदमलाई सही ठहर्याउन उनले चीनले मेक्सिको र क्यानडा हुँदै फेन्टालिन नामक लागू औषध अमेरिका पठाइरहेको सन्दर्भलाई झिकेका थिए ।
ट्रम्पले पदभार सम्हालेकै दिनमा मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिएका थिए ।
त्यसको भोलिपल्ट चीनलाई यो चेतावनी दिइएको हो । अमेरिकाको नाम उल्लेख नगरीकन चिनियाँ उपप्रधानमन्त्रीले आफ्नो देशले व्यापार तनावमा दुबैलाई लागि जित–जितको अवस्था खोजिरहेको र आयात बढाउन चाहेको भनेका थिए ।
आफ्नो चुनावी अभियानयता नै ट्रम्पले चीन, मेक्सिको र क्यानडामाथि अतिरिक्त महसुल लगाउने चेतावनी दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण