कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले कवाडी व्यवसायीहरूको सुरक्षा र स्वतन्त्र रूपले व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ ।
जसपा नेपालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौँ व्यक्तिहरूलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय कार्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
‘कवाडी व्यवसायीहरू नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौँ महानगरपालिकामा २५ वर्षदेखि सञ्चालित रहेको र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरूसमेत तिर्दै १ लाखभन्दा बढी व्यक्तिहरूले रोजगारी पाएको अवस्था छ,’ पार्टीका प्रवक्ता मनिष सुमनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कवाडी व्यवसायीहरुले देशमा सञ्चालित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको जसपा नेपालको ठहर छ ।
-(1)_S33lZBGS5I.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण