कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले कवाडी व्यवसायीहरूको सुरक्षा र स्वतन्त्र रूपले व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ ।
जसपा नेपालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौँ व्यक्तिहरूलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय कार्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
‘कवाडी व्यवसायीहरू नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौँ महानगरपालिकामा २५ वर्षदेखि सञ्चालित रहेको र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरूसमेत तिर्दै १ लाखभन्दा बढी व्यक्तिहरूले रोजगारी पाएको अवस्था छ,’ पार्टीका प्रवक्ता मनिष सुमनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कवाडी व्यवसायीहरुले देशमा सञ्चालित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको जसपा नेपालको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति
-
शुक्रबार रिलिज हुने ‘के घर के डेरा : घर नं २’ले कति पायो शो ?
-
बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग
-
उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित
-
आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?
-
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग