पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
जनकपुर । सप्तरी प्रहरीले ठगी मुद्दाका एक जना भियुक्तलाई छाडेको आरोप लागेको छ । बुधबार विहान पक्राउ परेका ठगी मुद्दाको अभियुक्तलाई १० घण्टा नबित्दैले प्रहरीले साँझ छाडेको हो ।
‘फेन्ट’ भएको कारण देखाउँदै प्रहरीले ठगी मुद्दाका अभियुक्त बैद्यनाथ यादवलाई छाडेको पीडितहरूको आरोप छ । सप्तरी प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले भने यादवको स्वास्थ्यमा समस्या आएको कारणले रिहा गरेको दाबी गरे । उनका अनुसार यादवको स्वास्थ्यमा समस्या आएको थियो, त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।
उनले भने, ‘यहाँको अस्पतालले थप उपचारको लागि भन्यो, त्यसपछि हामीले त्यही अनुसार उपचारको लागि जिम्माजमानी छाडेका हौं । उपचारपछि पुनः हाजिर हुने शर्तमा रिहा गरिएको हो ।’
जिम्माजमानी अभियुक्तलाई छाड्न सकिने कानुनी व्यवस्था अनुसार यादवलाई छाडिएको डिएसपी बस्नेतको दाबी छ । उनले यादवलाई रिहा गर्न कसैको दबाब नरहेको दाबी समेत गरे ।
सप्तरी जिल्लामा सर्वसाधारणको रकम लिएर लिएर पैसा छाप्ने मेसिनबाट ‘डबल’ गरिदिने भन्दै ठगी गरेको आरोपमा पत्रकार समेत रहेका यादव र रामहादुर भन्ने हनुमानी रजक पक्राउ परेका हुन् ।
यादवमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेको सप्तरी प्रहरी प्रवक्ता बस्नेतले बताए ।
यादव र हनुमानीविरुद्ध १३ वटा जाहेरी परेको प्रहरी प्रवक्ता बस्नेतले जनाएका छन् । अहिलेसम्म यो समूहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण