फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही
वासिङ्टन डीसी । अमेरिकामा भर्खरै कार्यभार सम्हालेका राष्ट्रपति डोनाल्ड ट्रम्प फूल एक्सनमा देखिएका छन् । ह्वाइट हाउस छिरेको तेस्रो दिनमै मेसिक्सकोतर्फको दक्षिणी सीमामा उनले १ हजार ५०० सिपाही पठाएका छन् ।
चपर र विमानहरूको साथमा ट्रम्पले सीमामा सेनाका हजार सिपाही र ५०० जना नौसेनाका सिपाही पठाएका हुन् । यिनीहरूलाई क्यालिफोनिर्याको सान डिएगो र टेक्ससको एल पासोमा खटाइनेछ । यिनीहरूले सीमामा पर्खाल र अन्य मिशनमा काम गर्ने बताइएको छ । तर यिनीहरू कानुन कार्यान्वयनमा भने संलग्न नहुने अधिकारीहरूले बताएका छन् ।
सीमामा सेनाले दुई थान सी–१७ र दुई थान सी १३० विमान प्रयोग गर्नेछन् । यसबाहेक केही थान हेलिकप्टर पनि छन् । अमेरिकामा गैरकानूनी रूपमा बसिरहेको ठानिएका ५ हजार भन्दा धेरैलाई देश निकाला गर्न डिपोर्टेशन फ्लाइटमा सघाउन सेनाले एयरलिफ्ट गर्ने कार्यवाहक रक्षा मन्त्री रोबर्ट सेल्सेजले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण