काठमाडौँमा डेढ अर्ब लगानीमा खुल्यो बेस्ट वेस्टर्न प्लस
बिहीबार, १० माघ २०८१, १० : १५
काठमाडौँ । विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी 'बेस्ट वेस्टर्न प्लस काठमाडौँ' सञ्चालनमा आएको छ । केएमसी ग्रुपका संस्थापकहरूको प्रारम्भिक लगानीमा चारतारे स्तरको उक्त चेन होटल सञ्चालनमा आएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ५०० मिटरको दुरीमा र पशुपतिनाथ मन्दिरको पैदल दुरीमा पिङ्लास्थानमा अवस्थित सो होटलले पर्यटन व्यवसायका क्षेत्रमा नयाँ आयाम सिर्जना गर्ने विश्वास लिइएको छ ।
७ रोपनी क्षेत्रफलमा अवस्थित होटलमा ८४ रुमहरू रहेका छन् । जसमा ४ सुइट रुम, ७ प्रिमियम रुम, १२ सुपर डिलक्स रुम र ६१ डिलक्स रुम रहेको कम्पनीले जनाएको छ ।
पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको सो परियोजनामा डेढ अर्ब नेपाली रुपैयाँ लगानी भएको बुधबार आयोजित उद्घाटन समारोहमा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण