शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

धार्मिक तथा शैक्षिक महोत्सवमा झण्डै ३२ लाख संकलन

सोमबार, १४ जेठ २०७५, १९ : ०७
सोमबार, १४ जेठ २०७५

सल्यान–कालिका मावि कपुरकोटमा सञ्चालन भएको धार्मिक तथा शैक्षिक महोत्सवको एक कार्यक्रमका बीच समापन गरिएको छ । गत जेठ ७ गतेदेखि शुरु भएको महोत्सवको आज समापन गरिएको हो ।

महोत्सवमा नगद २८ लाख २९ हजार एक सय ९६ र जग्गा दान वापत तीन लाख ५० हजार रुपैयाँ गरि जम्मा ३१ लाख ७९ हजार एक सय ९६ रुपैयाँ संकलन भएको महोत्सव मूल आयोजक समितिका महासचिव वामदेव अधिकारीले जानकारी दिएका छन् । समापन अवसरमा गोविन्दशरण महाराजले विद्यालयलाइ रंगीन प्रिन्टर उपहार स्वरुप प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सबैको भूमिका हुने उल्लेख गरे । उनले शिक्षा राम्रो भयो भने समाज समृद्ध बन्ने धारणा राखेका थिए । साथै कालिका माविलाइ समार्ट विद्यालय बनाउनका लागी गाउँपालिकाबाट विशेष सहयोग हुने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्षहरुलाइ सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप