मधेसको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरुद्वारा मुख्यमन्त्रीको पुत्ला दहन
धनुषा । मधेस प्रदेश सरकारले ल्याएको मधेसको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरूले मधेसका मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन् ।
मधेस प्रदेश सभामा पेस भएको विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य भाषाहरूलाई समावेश गरिएको भन्दै युवाहरूले मुख्यमन्त्रीको पुत्ला दहन गरेका हुन् । प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुत्ला दहन गरिएको छ ।
विधेयकमा मातृभाषाहरु छुटाएर आयातित भाषाहरूलाई स्थान दिइएको भन्दै आफूहरूले विरोध स्वरूप पुत्ला दहन गरेको युवा फुलगेन महतोले बताए । मधेसका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधबार मधेसको कामकाजी भाषासम्बन्धी विधेयक सदनमा पेस गरेकी थिइन् ।
विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रूपमा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण