कर्मचारीका लागि जारी भयो साइबर सुरक्षासम्बन्धी एडभाइजरी (पूर्णपाठ)

काठमाडौँ । सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी गरेको छ । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी जारी गरेको हो ।
सरकारी साइटहरुको सुरक्षा प्रणाली कमजोर रहेको भनेर आलोचना हुँदै आएको बेला केन्द्रले यस्तो एडभाइजरी जारी गरेको हो ।
एडभाइजरीअनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षाका सम्बन्धमा २१ बुँदे निर्देशन दिइएको छ । जसमा डाटाको नियमित रुपमा ब्याकअप राख्ने, अर्काइभ गर्नका साथै बिजनेस कम्युनिटी प्लान तयार गरेर लागू गर्ने, जेन्युन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयरको प्रयोग गर्ने, पासवर्ड बलियो राख्ने र तीन–तीन महिनामा परिवर्तन गर्ने, सोर्स कोड अद्यावधिक गरेर सुरक्षित राख्ने, इमेललगायतका सूचना प्रविधि प्रणालीहरुमा मल्टी फ्याक्टर अथेन्टिकेसनको प्रयोगलाई प्रोत्साहन गर्ने जस्ता विषय रहेका छन् ।
यस्तै एडभाइजरीमा सामाजिक सञ्जाल चलाउँदा सावधानी अपनाउने तथा मोबाइल सुरक्षा सम्बन्धमा संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल बन्द गर्ने वा सुरक्षित स्थानमा बाहिर राख्ने जस्ता विषय समेत समेटिएको छ ।
एडभाइजरी विस्तृतमाः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर घरजग्गा कारोबार : माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन