स्कटल्यान्डसँग अंक बाँड्नु परेपछि श्रीलङ्का दबाबमा
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणमा आइतबार श्रीलङ्का र स्कटल्यान्डले अंक बाँडेका छन् । यी दुबै टोली ‘सुपर–६’ चरणको समूह ‘एक’ मा रहेका छन् ।
श्रीलङ्का र स्कटल्यान्डबिच आइतबार खेल हुने कार्यक्रम रहेको थियो । तर, लगातारको वर्षाका कारण खेल हुन सुरु नै हुन सकेन । प्रतिकूल मौसमका कारण टससमेत हुन सकेन ।
‘सुपर–६’ चरणको समूह ‘एक’ मा तीन खेल खेलेको अस्ट्रेलिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको भारत चार अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यसैगरी, तीन खेल खेलेको श्रीलङ्का तीन अंकसहित तेस्रो स्थानमा छ । स्कटल्यान्डविरुद्धको खेलमा अंक बाँड्नु परेपछि श्रीलंकाली टोली दबाबमा परेको छ ।
दुई खेल खेलेको बंगलादेश दुई अंकसहित तालिकाको चौथो स्थानमा छ । तीन खेल खेलेको स्कटल्यान्ड एक अंकसहित पाँचौँ र तीन खेल खेलेको वेस्ट इन्डिज शून्य अंकसहित छैटौँ स्थानमा छन् ।
‘सुपर–६’ चरणमा सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । दुबै समूहमा ६–६ वटा टोली सहभागी छन् । दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण