ट्रम्पले सय घण्टामा गरे सय दिन बराबरको काम !
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहको पहिलो हप्तामै आफ्नो वाचा अनुसार निर्णय लिएर अमेरिका र सम्पूर्ण विश्वलाई चकित पारेका छन् ।
ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन नै अमेरिकी इतिहासमा सबैभन्दा धेरै आदेशमा हस्ताक्षर गरेका थिए । ट्रम्पका प्रवक्ताले कार्यकालको पहिलो १०० घण्टामा ट्रम्पले १०० दिनमा कुनै पनि राष्ट्रपतिले गर्ने भन्दा बढी काम गरेको बताएका छन् । यसबाहेक, ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने आफ्नो कुरा फेरि दोहोर्याए ।
शपथ ग्रहणपछि ट्रम्पले अब अमेरिकाको स्वर्ण युग सुरु भएको बताएका थिए । त्यसबेलादेखि, ट्रम्पले निरन्तर निर्णयहरूमा हस्ताक्षर गरिरहेका छन् । यसमा अमेरिकालाई पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिर निकाल्ने, टिकटकलाई प्रतिबन्धबाट बच्न ७५ दिनको समय दिने र अपराधीलाई क्षमा दिने जस्ता कयौँ निर्णय समावेश छन् । यसबाहेक, ट्रम्पले अवैध आप्रवासन रोक्न र जन्मको आधारमा नागरिकताको अधिकार पनि अन्त्य गरेका थिए । यससँगै ट्रम्पले आफ्नो वाचा पूरा गरेर ट्रान्सजेन्डरहरू दिँदै आएका मान्यता हटाएका थिए ।
यति मात्रै होइन उनले आफ्ना निर्णयहरूलाई चुनौती दिन सक्ने सबै कर्मचारी र अनुगमनकर्ताहरूलाई उनले निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण